शनिबार, जेठ ५, २०८१

सुनचाँदीकै मूल्य बढ्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७९ असार ३० गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकाे भाउ बढेकाे छ । छापावाल सुन प्रतितोला ३ सय रूपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रूपैयाँले बढेकाे छ । आज प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९३ हजाज ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया