शनिबार, वैशाख २२, २०८१

दोहोरो अंकले नेप्से बढ्दा २ अर्ब ४१ करोडको कारोबार

नेपालखोज २०७९ असार ३० गते १५:३४

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ५९ दशमलव ५४ अंकले बढेको नेप्से साताको पाँचौं कारोबार दिन आज बिहीबार पनि १४ दशमलव ७१ अंकले बढेर दुई हजार एक दशमलव ५३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ८३ दशमलव १३ अंकमा चढेको छ ।

दुई सय २० कम्पनीको ३९ हजार एक सय ६८ पटकको कारोबारमा ६२ लाख १० हजार नौ सय आठ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार पाँच सय ९९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव आठ अंकले बढेर १३ सय ४४ दशमलव ६३ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ३३ दशमलव सात अंकले बढेर तीन हजार चार सय ९७ दशमलव ३५ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक ४७ दशमलव २८ अंकले बढेर २३ सय ६१ दशमलव पाँँच अंकमा चढेको छ । यस्तै निर्जीवन बिमा समूहको सूचक २८ दशमलव ७७ अंकले बढेर सात हजार नौ सय ८९ दशमलव ६९ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक भने ११ दशमलव ७८ अंकले बढेर नौैं हजार छ सय ५० दशमलव ११ अंकमा चढेको छ ।

फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज एनआईबील प्रगति फन्डको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर १० रुपैयाँ १४ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव एक प्रतिशतले घटेर तीन सय ४१ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एसिया बैंकको प्रतिकित्ता ६ सय ९४ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड १८ लाख ८६ हजार सात सय ३८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया