शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ असार ३१ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले घटेको छ । आज प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९४ हजाज १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया