मंगलबार, जेठ १, २०८१

तीनदिने भारत भ्रमणमा रहेका प्रचण्डका गतिविधिहरु

नेपालखोज २०७९ साउन १ गते ८:५५

काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी भएका छन् । उनलाई बिहान भारतका लागि नेपाली राजदूत महामहिम शंकर प्रसाद शर्माले नेपाली दूतावासमा स्वागत गरे । सो अवसरमा नेपाली कांग्रेसका नेतृ डा. आरजुु राणा देउवा पनि उपस्थित थिइन् ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिमा प्रवासको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै प्रवासी दिदीबहिनी तथा दाजुुभाइहरुले उठाएका विषयमा आफूले पहल गर्ने बताए । त्यसैगरी अध्यक्ष प्रचण्डले बिहान ११ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरी दुई देशबीचका दुईपक्षीय हितका विषयमा कुराकानी गरे ।

तस्बिरहरू : सीएम प्रचण्ड

प्रतिक्रिया