शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०७९ साउन २ गते ११:३६

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया