शनिबार, वैशाख २२, २०८१

सेयर बजारको उकालो यात्रा कायमै, १६ अंकले नेप्से बढ्दा २ अर्ब २९ करोडको कारोबार

नेपालखोज २०७९ साउन ३ गते १५:३३

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १८ अंकले बढेको नेप्से आज १६ दशमलव दुई अंकले बढेर दुई हजार ४५ दशमलव ४३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव आठ अंकले बढेर तीन सय ९१ दशमलव ५६ अंकमा पुगेको छ ।

दुई सय १३ कम्पनीको ३७ हजार नौ सय ७२ पटकको कारोबारमा ५७ लाख १३ हजार दुई सय ४८ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसकारण कुल कारोबार रकम दुई अर्ब २९ करोड ९३ लाख १६ हजार तीन सय २६ रुपैयाँ पुगेको छ ।

आज १३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ३२ अंकले बढेर १३ सय ८० दशमलव नौ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ४१ दशमलव ५८ अंकले बढेर तीन हजार पाँच सय ७४ दशमलव ७४ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक १५ दशमलव ९५ अंकले बढेर २३ सय ६० दशमलव ६ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ७२ दशमलव ६ अंकले बढेर आठ हजार एक सय ६० दशमलव ४४ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ८० दशमलव २२ अंकले बढेर नौ हजार नौ सय दशमलव ६६ अंकमा चढेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज इमर्जिङ नेपाल हाइड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव एक प्र्रतिशतले बढेर आठ सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिभिल बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य सात दशमलव ७५ प्रतिशतले घटेर नौ सय २२ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ८४ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा १५ करोड ९७ लाख ७१ हजार तीन सय ३७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया