शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपालखोज २०७९ साउन ४ गते १०:५४

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९४ हजार ८ रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया