शनिबार, वैशाख २२, २०८१

नेप्से सामान्य अंकले बढ्यो, पाँच समूहले गुमाउँदा आठवटाले कमाए

नेपालखोज २०७९ साउन ४ गते १५:३७

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने चार दशमलव ८९ अंकले बढेर दुई हजार ५० दशमलव ५९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९७ अंकले बढेर तीन सय ९२ दशमलव ५० अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय १५ कम्पनीको २९ हजार ८६ पटकको कारोबारमा ४१ लाख ३३ हजार सात सय नौ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम एक अर्ब ७३ करोड १८ लाख ३२ हजार दुई सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँचवटाको सूचक घटेर आठ समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ६२ अंकले घटेर १३ सय ७९ दशमलव ७१ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक १२ दशमलव ६२ अंकले घटेर २३ सय ४७ दशमलव ४३ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक २८ दशमलव २२ अंकले घटेर नौ हजार आठ सय ७२ दशमलव ४४ अंकमा झरेको छ । ट्रेडिङ र होटेल समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज पाँच दशमलव ३५ अंकले बढेर तीन हजार पाँँच सय ८० दशमलव नौ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ५६ दशमलव १९ अंकले बढेर आठ हजार दुई सय १६ दशमलव ६३ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज मल्टीपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ६९ प्रतिशतले बढेर दुई सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लक्ष्मी इक्विटी फन्डको प्रतियुनिट सेयर मूल्य ६ दशमलव ३३ प्रतिशतले घटेर नौ रुपैयाँ ६२ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय १५ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ४२ लाख ५९ हजार नौ सय १७ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया