शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ साउन ५ गते १०:५५

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भउ घटेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया