शनिबार, वैशाख २२, २०८१

५ अंकले नेप्से घट्दा एक अर्ब ६४ करोडकाे काराेबार

नेपालखोज २०७९ साउन ५ गते १६:१४

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन चार दशमलव ८९ अंकले बढेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहीबार) भने पाँच दशमलव ८७ अंकले घटेर दुई हजार ४४ दशमलव ७२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८६ अंकले घटेर तीन सय ९१ दशमलव ६४ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको २७ हजार पाँच सय २२ पटकको कारोबारमा ३९ लाख आठ हजार तीन सय ९५ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसकाकारण कुल कारोबार रकम एक अर्ब ६४ करोड २६ लाख ४८ हजार पाँच सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा दुईवटा समूहको सूचक बढेर ११ वटा समूहको सूचक घटेका छन् । योमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव २९ अंकले बढेर १३ सय ८२ दशमलव ४८ अंकमा चढेकोमा अन्य समूहको सूचक पनि बढेको छ ।

विकास बैंक समूहको सूचक भने आज ३४ दशमलव ९२ अंकले घटेर तीन हजार पाँच सय ४५ दशमलव १७ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि १४ दशमलव २८ अंकले घटेर २३ सय ३३ दशमलव ११ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ६४ दशमलव ३२ अंकले घटेर आठ हजार एक सय ५२ दशमलव ३१ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ५० दशमलव ३४ अंकले घटेर नौं हजार साता सय २१ दशमलव ७२ अंकमा झरेको छ । यीबाहेक फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सेन्ट्रल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव १६ प्रतिशतले बढेर तीन सय २६ रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको ऋणपत्रको प्रतियुनिट सेयर मुल्य ६ दशमलव ७१ प्रतिशतले घटेर एक हजार ४६ रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता आठ सय सात रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १७ करोड ८० लाख एक हजार पाँच सय ६८ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया