शनिबार, जेठ ५, २०८१

धौलागिरि लघुवित्तकाे आईपीओ साउन २४ गतेदेखि

नेपालखोज २०७९ साउन ८ गते ७:२२

काठमाडाैं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पुँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो ।

यस अनुसार लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया