शनिबार, जेठ ५, २०८१

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालखोज २०७९ साउन ८ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया