शनिबार, वैशाख २२, २०८१

४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला भदौ १ देखि उत्पादन/प्रयोग गर्न नपाइने

नेपालखोज २०७९ साउन १० गते १२:४६

काठमाडौं । सरकारले प्लास्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा फेरि कडाइ गर्ने भएको छ । वातावरण विभागले आज सार्वजनिक सूचना जारी गरी आगामी भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन र प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको हो ।

सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन तथा प्रयोग गर्न बन्देज लगाएको थियो । तर कोरोना महामारीका बेला अनुगमन फितलो हुँदा फेरि प्लास्टिकका झोला उत्पादन र प्रयोग बढेको विभागले जनाएको छ।

विभागका अनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदी प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको छ ।

प्रतिक्रिया