शुक्रबार, वैशाख २८, २०८१

यामाहाले ल्यायो बहु-सुविधासहितको नयाँ ईएमआई अफर

नेपालखोज २०७९ साउन १० गते १३:२९

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई बजारमा ल्याएको छ । देशमा व्याप्त आर्थिक मन्दीको असरलाई ध्यानमा राखी, सेवाग्राहीलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक/स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट यस फाइनान्सिङ योजना सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक/स्कुटर लिन चाहने सेवाग्राहीले अब मात्र ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनान्सिङ सुविधाहरूको लाभ लिन सक्नेछन् ।

यामाहाको बाइक/स्कुटर खरिद गर्दा ग्राहकले विभिन्न ‘प्राइस रेन्ज’ अन्तर्गत निम्न ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन् :

यस योजनाअन्तर्गत रु. ३,२३,९००/- पर्ने एफ्जेड १६ एफआईको खरिदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः ११,३१६/-, ८,७८९/- र ७,३४७/- रुपैयाँको ईएमआई भुक्तान गर्नुपर्नेछ । ३,४७,९००/- पर्ने एफ् जेड एक्स एफ्आई डबल डिस्कको खरिदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः १२,१५४/-, ९,४४०/- र ७,८९२/- रुपैयाँको ईएमआई भुक्तान गर्नुपर्नेछ । यसैगरी, ३,९४,९००/- पर्ने एफ्जेडएक्स भी थ्री एक्स- कनेक्टको खरिदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः १३, ७९१/-, १०,७१५/- र ८,९५८/- रुपैयाँको ईएमआई भुक्तान गर्नुपर्नेछ । र, ४,३५,९००/- रुपैयाँ पर्ने एफजेड एक्सको खरिदमा ४० प्रतिशत अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः १५,२२९/-, ११,८२८/- र ९,८८८ रुपैयाँको ईएमआई भुक्तान गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार, एम्टी १५ बी एन्ड बी, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० % अग्रीम भुक्तानी गर्नु पर्नेछ । एम्टी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु.१४,०८८/-, रु. १०,९४२, र रु. ९,१४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ भि ३ मोडलको खरिदमा रु.१५,२८२/-, रु. ११, ८६९, र रु. ९,९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ । र, आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने यजनागरी प्रतिमहिना क्रमशः रु. १७,११६/-, रु. १३,२९३/- र रु. ११,११३/-को ईएमआई भुक्तान गर्नु पर्नेछ ।

यसैगरी, रेजेड्आर ड्रम १२५, रेजेड् ११३ र रेजेड्आर स्ट्रिट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४० प्रतिशत अग्रिम भुक्तानीमै लिन सक्ने कम्पनीले जनाएको छ । रेजेड्आर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः ९,१५०/-, ७,१०६/- र ५,९४१/- रुपैयाँको ईएमआई भर्नुपर्नेछ । रेजेड् ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः ७,६८२/-, ५,९६७/- र ४,९८८/- रुपैयाँ ईएमआई भर्नुपर्नेछ ।

त्यसैगरी, रेजेड्आर स्ट्रिट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेले १८ महिने, २४ महिने र ३० महिने योजनागरी प्रतिमहिना क्रमशः १०,१२८/-, ७,८६६, र ६,५७६/- रुपैयाँको ईएमआई भर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया