शनिबार, वैशाख २२, २०८१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ साउन १२ गते १०:४४

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया