शनिबार, जेठ ५, २०८१

अन्तिम कारोबार दिन पनि बढ्यो नेप्से, दुई अर्ब माथि कारोबार

नेपालखोज २०७९ साउन १३ गते १३:५८

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि नेप्से बढेको छ । अघिल्लो दिन १५ दशमलव ४९ अंकले बढेको नेप्से आज पुनः १२ दशमलव ९२ अंकले बढेर २१ सय ४० दशमलव ३९ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले बढेर चार सय नौं दशमलव ५३ अंकमा पुगेको छ ।

दुई सय १६ वटा कम्पनीहरुको ३४ हजार नौं सय ६० पटकको कारोबारमा ५१ लाख ११ हजार तीन सय १० कित्ता सेयर खरिद- बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब १९ करोड १६ लाख १९ हजार नौं सय १४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा तीन वटा समूहको सूचक घटेर बाँकी १० वटा समूहको सुचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव २८ अंकले बढेर १३ सय ९२ दशमलव २८ अंकमा पुगेको छ भने विकास बैक समूहको सूचक एक सय ७९ दशमलव ५८ अंकले बढेर चार सय ७२ दशमलव ११ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक पनि १८ दशमलव २२ अंकले बढेर १९ सय ८९ दशमलव १५ अंकमा पुगेकोमा जीवन बिमा समूहको सूचक सात दशमलव ८९ अंकले बढेर नौं हजार नौं सय ५८ दशमलव ४२ अंकमा पुगेको छ । यी बाहेक ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

जलविद्युत समूहको सूचक भने नौं दशमलव ५१ अंकले घटेर २५ सय ३३ दशमलव ४७ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि १३ दशमलव ९२ अंकले घटेर आठ हजार दुई सय ९१ दशमलव १६ अंकमा झरेको छ । आज सामुहिक लगानी कोष समूहको सूचक पनि घटेको छ ।

नेप्सेमा आज रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६८ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बुद्धभुमी नेपाल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले घटेर चार सय १३ रुपैंयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ९८ रुपैंयाँ अन्तिम मूल्यमा १२ करोड ८६ लाख ४९ हजार आठ सय १२ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया