शुक्रबार, वैशाख १४, २०८१

हरायो बालधारा !

सुनील उलक २०७९ साउन १४ गते ७:५१

कमान्डिङ जनरल बबरशमशेरका जेठा छोरा बालशमशेरको वि.सं. १९६२ साल फागुनमा जन्म भएको थियो तर आकस्मिक रोगका कारण केवल १४ वर्षको उमेरमा वि.सं. १९७६ देहावसान भएपछि शोकमा डुबेका बबरशमशेरले पोखरामा छोरा बालशमशेरको सम्झनामा १४ वटा कलधारा जडान गरिदिएका थिए । जसलाई बालधारा भन्ने गरियो । विगत ४० सालको दशकसम्म पोखरेलीहरुका लागि महत्त्वपूर्ण रहेको बालधारा बिस्तारै बेवारिसे अवस्थामा हराउँदै गयो ।

केही समयदेखि बालधारालाई पुनर्जीवन दिने अभियानमा केही बालधाराहरुले नयाँ स्वरुप पाउन थालेको छ । तत्कालीन समयमा रानीपौवा शोभाभगवती मन्दिर पछाडि जडान भएको बालधाराको अस्तित्व भेटिएको छैन । तर त्यतिबेलाको मिलिसिया अड्डामा जडान भएको बालधारा भने हालको भगवती गण दल, फूलबारी ब्यारेक, रानीपौवा भित्र बालधाराको शिलापत्र सुरक्षित अवस्थामा राखिएको भेटिएको छ । सो कलधारा भने २०५५-५६ सम्म सुरक्षित नै रहेको जानकारी प्राप्त भए पनि हाल भने भेटिएको छैन ।

यस बालधारालाई पनि भगवती गण दल, फूलबारी ब्यारेक, रानीपौवा भित्र नै पूनर्जीवन दिई पुनर्स्थापना गराउने विषयमा छलफल अगाडि बढाएको छु ।

सोबारे जानकारी उपलब्ध गराइदिनु हुने महासेनानी मुकेश बाटाजू, प्रमुख सेनानी भुवनेश्वर आचार्य, सेनानी विष्णु श्रेष्ठ एवं निरीक्षणका लागि अनुमति दिई सहयोग गरिदिनु हुने मध्य कमान्ड सेनापति उपरथी बाबुराम श्रेष्ठज्यू सबैमा सधन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया