आइतबार, जेठ ६, २०८१

भारतमा चौबीस घण्टामा २० हजार ४०८ जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ साउन १४ गते १४:५९

नयाँ दिल्ली । भारतमा गत चौबीस घण्टामा २० हजार ४०८ जना कोरोना भाइरस संक्रमान पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्

ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा देखिएको छ । पछिल्लो समय भारतमा दैनिक नयाँ संक्रमितहरुको सङ्ख्या र सक्रिय संक्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको छ । भारतमा संक्रमण मुक्त हुनेदर ९८. दशमलव ४८ प्रतिशत छ ।

यस्तै, पछिलो समय कोरोना संक्रमनबाट ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुने कुल संख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ । गत चौबीस घण्टामा थप २० हजार ९५८ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । 

प्रतिक्रिया