बिहीबार, वैशाख १३, २०८१

धार्मिक विवादमा ‘कमेडी हब’, माग्ने बुढाले मागे माफी

नेपालखोज २०७९ साउन १६ गते १४:२४

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा)द्वारा निर्देशित टेलिभजन कार्यक्रम ‘कमेडी हब’ विवादमा परेको छ । सुरुवाती दिनबाटै दर्शकबाट त्यति राम्रो प्रतिक्रिया नपाएकको यो कार्यक्रम धार्मिक विषयलाई लिएर विवादमा फसेको हो ।

भगवान् शिवको नक्कल गरि बनाएको सामाग्रीले हिन्दू धर्मप्रति नकरात्मक प्रहार गरेको भनेर विभिन्न संघ–संस्था र दर्शकहरुले सामाजिक सन्जालमा विरोध गरेका थिए । उनीहरुले यो सामग्री सबै प्याल्टफर्मबाट हटाउन चेतावनीसमेत दिएका थिए ।

यस विषयप्रति निमार्ण पक्षको ध्यानाकर्षण भएको छ । कार्यक्रमका निर्देशक माग्ने बुढाले दर्शकसमक्ष माफी माग्दै त्रुटि भएको स्विकार गरेका छन् । साथै, उनले उक्त विवादित सामग्री सबै सोसल मिडिया प्याटफर्मबाट हटाइएको जानकारी समाजिक सन्जाल फेसबुकमार्फत् दिएका छन् । उनले लेखेका छन्, ‘हामीले मिडिया हबमार्फत निर्माण र AP1 तथा Media Hub युट्युब च्यानलबाट प्रसारण गर्दै आइरहेको ‘कमेडी हब’ कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषय वस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरूसमक्ष हामी क्षमा माग्दछौं । साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरूको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइ सकेका छौं। बम बम भोले । जय भोले ।’

प्रतिक्रिया