शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ८९५ जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ साउन १६ गते १५:५९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ६८५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार २२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २६३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ४ हजार ९३४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २६४ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ७० हजार ३२६ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ३ प्रतिशत छ ।

त्यस्तै, कोरोना लागेर १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया