शनिबार, जेठ ५, २०८१

भारतमा मंकीपक्सबाट एक जनाको मृत्यु

नेपालखोज २०७९ साउन १६ गते १९:५७

केरला । दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ । हालै संयुक्त अरब इमिरेट्स (यूएई)बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरे । मंकीपक्स संक्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ ।

केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ ।

विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गत महिना मंकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटका रूपमा घोषणा गरेको थियो ।

प्रतिक्रिया