शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ८१४ जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ साउन १७ गते १६:५९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ७६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ६५३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३०५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ५ हजार १४४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २९९ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ७० हजार ६२५ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ३ प्रतिशत छ ।

प्रतिक्रिया