शनिबार, जेठ ५, २०८१

थाइल्यान्डमा मंकीपक्सविरुद्धको खोप लगाइँदै

नेपालखोज २०७९ साउन १७ गते १८:३८

ब्याङकक । सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुईसातापछि थाइल्याण्ड आइपुग्ने अपेक्षा गरिएको छ ।

खोपको पहिलो खेप पाँचसय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय भइसकेको छैन । देशमा हालसम्म मङ्कीपक्स दुईजा बिरामी फेला परेका छन् । फुकेट टापुमा परीक्षण गर्दा पहिलोपटक एकजना नाइजेरियाली नागरिक र यहाँ एक थाई नागरिकलाई दोस्रो बिरामीका रूपमा पहिचान गरिएको हो ।

स्वास्थ्य अधिकारीहरूले रोग पुष्टि भएकाहरूको ‘कन्ट्याक्ट टे«सिङ’ गरिएको र सङ्क्रमण नफैलिएको जनाउँदै उनीहरूले अहिलेसम्म दक्षिणपूर्वी एसियाली देशमा आधिकारिक रूपमा मंकीपक्स संक्रमण नभेटिएको बताएका छन् । भारतमा छैटौँ व्यक्तिमा मंकीपक्स यसैबीच, भारतमा मंकीपक्सका छैटौँ बिरामी राजधानीमा फेला परेका छन् ।

दिल्लीको स्वास्थ्य विभागका अधिकारीका अनुसार विदेश यात्रा नगरेका नाइजेरियाली नागरिक उक्त रोगबाट संक्रिमिता भएका बताइएको छ । करिब एक वर्षदेखि दिल्लीमा बस्दै आएका बिरामीलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । यसअघि चारजना बिरामी दक्षिणी राज्य केरला र एकजना नयाँदिल्लीमा फेला परेका थिए ।

भारतमा उक्त रोग लागेर एकजनाको मृत्यु भइसकेको छ । न्यूजिल्याण्डमा तेस्रो बिरामी न्यूजिल्याण्डमा पनि मङ्कीपक्सका एकजना बिरामी थपिएका छन् । यो सँगै त्यहाँ मङ्कीपक्सका बिरामीको सङ्ख्या तीन पुगेको छ ।

जनस्वास्थ्य अधिकारीहरूले पछिल्लो बिरामीबाट रोग सर्ने जोखिम कम रहेको बताएका छन् । गत महिना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आधिकारिकरूपमा मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

प्रतिक्रिया