शनिबार, जेठ ५, २०८१

साउदी रियाल एकको खरिददर ३४ रूपैयाँ ४४ पैसा, बिक्रीदर ३३ रूपैयाँ ६० पैसा

नेपालखोज २०७९ साउन १८ गते ८:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६० पैसा र बिक्रीदर १२९ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रूपैयाँ ४४ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया