शनिबार, जेठ ५, २०८१

मनकामना केवलकार साउन २३ देखि बन्द

नेपालखोज २०७९ साउन १८ गते १३:२५

काठमाडौं । मनकामना केवलकार बन्द हुने भएको छ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि यही साउन २३ गतेदेखि बन्द हुने भएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्न काम अघि बढाउन लागिएको कम्पनीले जानकारी दिएको छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुनेछ ।

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुलाई थप सहज र भरपर्दो सेवा दिन स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अस्ट्रियाका प्राविधिकहरूले गर्नेछन् । स्तरोन्नति कार्य करिब ५ देखि ६ सातामा पूरा हुनेछ ।

यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेसनमा रहेको रेस्टुरेन्ट भने चालु रहने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया