आइतबार, जेठ ६, २०८१

क्यानाडामा मंकीपक्सका संक्रमित ८९० पुगे !

नेपालखोज २०७९ साउन १९ गते १२:४७

ओटावा । क्यानाडामा पनि मंकीपक्सका संक्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका संकीमित पाइएका जनाइएको छ ।

यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मंकीपक्सको संक्रमण बढेको पाइएको थियो । क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

यहाँको सरकारले मंकीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ । पछिल्ला केही महिनामा यो मंकीपक्सको संकीमण विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्य संकटका रुपमा पनि घोषणा गरेको छ ।

प्रतिक्रिया