शुक्रबार, चैत १६, २०८०

बुद्ध कहाँ पुग्यो ?

नेपालखोज २०७९ साउन २१ गते ९:०९

युगौंयुगदेखि
शान्तिको सन्देश दिँदै
हिँडिरहेको बुद्ध
देश देशान्तर घुमी
मत मतान्तरहरूबीच
शान्ति, भाइचारा

मानवताको मन्त्र फुक्दै
हिँडेको बुद्ध
अब आफ्नै, मातृभूमिमा फकिँदै छ रे !
भन्ने आभाष पाएको थिएँ
तर
अझैसम्म बुद्ध
आफ्नै मातृभूमिमा फर्केन
मेरो बुद्ध
आफ्नै मातृभूमिमा फर्केन
मेरो बुद्ध !
तिमी किन फर्केनौं
तिमीले ढिलाइ गर्ने
कारण के हो ?
अब त
अति ढिलो भैसक्यो
अझै पनि ढिलो गर्छौं भने
मातृभूमिलाई अघात पुग्न सक्छ
त्यसैले मेरो बुद्ध
जननी भन्ने गर्छिन्
मेरो सिद्धार्थ कहाँ पुग्यो
मेरो बुद्ध कहाँ पुग्यो ?

प्रतिक्रिया