आइतबार, वैशाख २३, २०८१

६६० जनामा कोरोना, मुक्त हुनेदर ९८ प्रतिशत

नेपालखोज २०७९ साउन २१ गते १६:५०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ९४२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ७४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३३४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ५ हजार ६४१ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४४४ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ७२ हजार ६४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव २ प्रतिशत छ । त्यस्तै, कोरोना लागेर १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया