शनिबार, जेठ ५, २०८१

सुनचाँदीकै भाउ घट्याे, कतिमा हुुँदै छ काराेबार ?

नेपालखोज २०७९ साउन २२ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सय रुपैयाँ घटेकाे छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय ०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया