मंगलबार, जेठ १, २०८१

के हो ‘माई पे’ क्वाइन ? १ क्वाइनको मूल्य १ रुपैयाँ !

नेपालखोज २०७९ साउन २३ गते ११:४८

काठमाडौं । पछिल्ला दिनमा युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रूपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइनबराबर १ रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।

यससँगै माई पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरूसमेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पेको भनाइ छ ।

उदाहरणका लागि तपाईंले माई पेबाट १,००० को मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (४० रुपैयाँ) फिर्ता हुन्छ । जसमा २० रुपैयाँ क्यासका रूपमा तपाईंको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनका रूपमा जम्मा हुन्छ । माई पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ ।

यसरी प्राप्त भएको क्वाइन अब ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । मानौंअघिको तपाईको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ । अब तपाईंले अर्काे कारोबारका रूपमा एक हजार रुपैयाँको कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो । अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माई पे वालेटमा तीनवटा विकल्प देखाउँछ ।

पहिलो विकल्प छनोट गर्दा तपाईंको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पका रूपमा तपाईंले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सीधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रूपमा तपाईंले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ ।

जस्तो १,००० रुपैयाँको बिल तिर्दा ९८० रुपैयाँ तपाईंको बालेटमा भएको रुपैयाँबाट र २० रुपैयाँ नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ । यस भुक्तानीपछि पनि तपाईंले क्यास रिफन्डका रूपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइन निरन्तर प्रयोग गर्दै जान सकिने माई पेले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माई पेले जनाएको छ । माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोगकर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।

‘हालसम्म सञ्चालनमा रहेको लोयल्टी पोइन्टहरूको सीमित प्रयोग र यसको प्रयोग गर्दासमेत समस्या रहेको पाइयो,’ माई पेका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगदसरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सञ्चालनमा ल्याएका छौं ।’

प्रतिक्रिया