आइतबार, वैशाख १६, २०८१

डिशहोममा १ वर्षको रिचार्ज गर्दा खड्का र घर्तीले जिते नगद एक लाख

नेपालखोज २०७९ साउन २३ गते १३:३९

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक साता एक भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा माडी गाउँपालिका ४, घर्तीगाउँका ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले एक लाख रुपैयाँ जितेका छन् । नमुना स्याटलाइट प्रालि डिलरअन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलर दाइहरु चन्द्र घर्तीको मा एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमकातर्फ बाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर संगीत विष्टबाट डिलर दाइ चन्द्र घर्ती, भवन सिंह बुढा, शशिराम बुढाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक साता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

प्रतिक्रिया