सोमबार, वैशाख १७, २०८१

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्यो

नेपालखोज २०७९ साउन २३ गते १६:३३

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसैअनुरूप सानिमाले विगत लामो समयदेखि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २-२ विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्न काठमाडौं उपत्यकाबाहिरका शाखाबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ प्रतिमहिना गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ । यो छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ । बैंकले देशका सातवटै प्रदेशमा १२७ कार्यालय तथा १२० एटीएम सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया