आइतबार, वैशाख २३, २०८१

थपिए ९३४ संक्रमित, एकजनाको मृत्यु

नेपालखोज २०७९ साउन २३ गते १६:४८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ९३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक संक्रमितको भने मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पाँच हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

दुई हजार आठ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा र दुई हजार चार सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४७० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने पाँच हजार ६ सय ८६ पुगेको छ ।

प्रतिक्रिया