बुधबार, वैशाख १२, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ साउन २३ गते १७:४१

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सर्लाहीको ब्रह्मपुरी गाउँपालिका २ घर भई काठमाडौंको बूढानीलकण्ठ ज्योतिनगर बस्दै आएका ३४ वर्षीय रौशनकुमार गुप्तालाई आज (सोमबार) कपनको एकताबस्तीबाट पक्राउ गरिएको हो ।

प्रतिवादी गुप्ताले २०७६ वैशाख ४ गते सानिमा बैंकको काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भन्दै जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।

सोहीअनुसार बैंकिङ कसुर मुद्दामा प्रतिवादी गुप्तालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । सोपश्चात फरार रहेका गुप्तालाई सीआईबीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले सोमबार कपनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्तालाई सोही दिन फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको सीआईबीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया