नागरिकता बनाउँदा अपमानजनक नाम नराख्न गृहकाे निर्देशन, राखेकाले सच्याउन पाउने

नेपालखोज २०७९ साउन २३ गते १८:११

काठमाडाैं । गृह मन्त्रालये नागरिकता बनाउदा अपमानजनक नामहरु नराख्न निर्देशन दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नागरिकतामा अपमानजनक नाम उल्लेख नगर्न दिर्नेशन दिएको हो । 

त्यस्तै यसअघि जारी भएका नागरिकतामा अपमानजनक नाम राखेकाले सच्याउन भन्दै निवेदन दिएमा नाम सच्याउन समेत गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । 

मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा पछिल्लो समय नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता जारी भएका समाचार बाहिरिएपछि गृह मन्त्रालयले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

प्रतिक्रिया