सोमबार, वैशाख १७, २०८१

प्रभु लाइफ इन्स्योरेन्सको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन

नेपालखोज २०७९ साउन २४ गते १३:५६

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरूलाई सम्मानित गरेको छ ।

बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरे भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका हुन् ।

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन र मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।

पहिलो चरण, बिजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ट कार्यसम्पदान गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सीईओ क्लब तथा चेयरम्यान क्लब दर्जाका अभिकर्ताहरूलाई सम्मान गरेका थिए । कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरूलाई सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले र सीईओ क्लबमा पर्न सफल अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत प्रसाईले सम्मान तथा विभिन्न पुरस्कारहरू प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाइफका सञ्चालक समिति अध्यक्ष अमात्यले छोटो समयमा प्राप्त सफलताहरूले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्ने बताए । त्यस्तै उनले क्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हामी सबैको अथक मिहिनेत एवं प्रयासले गत आर्थिक वर्ष ०७८÷७९ को लक्ष्य चुम्न सफल भएकामा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे ।

उनले भने दृढ संकल्प र मिहिनेतले नै यो उचाइमा पुग्न सफल भएका हौं भने आगामी दिनमा यो उचाइको वृद्धिदरलाई कायम राख्ने दृढ विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया