शुक्रबार, चैत १६, २०८०

लागुऔषधसहित पाँचजना पक्राउ

नेपालखोज २०७९ साउन २४ गते १४:३६

मकवनपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका-१६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा ७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो ।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका १२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहेका छन् । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरीले हेटौंडा उपमहानगरपालिका १९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा ३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहेका छन् ।-रासस

प्रतिक्रिया