बिहीबार, चैत १५, २०८०

४५ अंकले नेप्से घट्दा २ अर्ब ८१ करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन २४ गते १५:४०

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन १७ दशमलव ६८ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पुनः ४५ दशमलव ४२ अंकले घटेर दुई हजार ६० दशमलव ७३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ६८ अंकले घटेर तीन सय ९६ दशमलव ४२ अंकमा पुगेको छ ।

दुई सय २२ कम्पनीको ४६ हजार दुई सय ८९ पटकको कारोबारमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार पाँच सय ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ९२ अंकले घटेर १३ सय ५६ दशमलव ७० अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक एक सय २५ दशमलव २५ अंकले घटेर तीन हजार ६ सय ८७ दशमलव ८१ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक ७८ दशमलव २१ अंकले घटेर २४ सय ७३ दशमलव ९२ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय २३ दशमलव १७ अंकले घटेर आठ हजार दुई सय ४८ दशमलव ८१ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक एक सय १५ दशमलव ६५ अंकले घटेर नौ हजार ६ सय ८७ दशमलव ३३ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज हिमालयन हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर दुई सय ७५ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गणपति लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दशमलव २७ प्रतिशतले घटेर नौ सय ६९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी नागरिक लगानी कोषको प्रतिकित्ता २८ सय ७९ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड १० लाख ९७ हजार सात सय ६६ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया