आइतबार, वैशाख २३, २०८१

चौबीस घण्टामा १ हजार ९० संक्रमित थपिए, २ जनाको मृत्यु

नेपालखोज २०७९ साउन २४ गते १६:५६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १ हजार ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ संक्रमितको भने मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ६ हजार तीन सयको नमुना परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना संक्रमण देखिएको हो ।

२ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४३८ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने पाँच हजार ५ सय ८०६ पुगेको छ ।

प्रतिक्रिया