बुधबार, वैशाख १२, २०८१

खेलकुद मन्त्री गहतराजद्वारा लमही क्रिकेट मैदानको अवलोकन

नेपालखोज २०७९ साउन २४ गते १७:२०

दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृह जिल्ला पुगेका मन्त्री गहतराजले हिजो (सोमबार) निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री गहतराजले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरिने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्त्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री गहतराजले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिएका थिए । आफुले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरिरहेकाले मन्त्रालयले आवश्यक बजेट बिनियोजन गर्नेमा ढुक्क हुन मन्त्री गहतराजले आश्वासन दिएका छन् ।

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता संचालन गरिएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरु निर्माण गरीएपनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।

प्रतिक्रिया