मंगलबार, जेठ १, २०८१

नेपालमा उडान सुरू गर्न चारवटा वायुसेवा तयार

नेपालखोज २०७९ साउन २५ गते ९:१०

काठमाडाैं । नेपालमा उडान सुरू गर्न ४ वटा वायुसेवा कम्पनी तयारीमा जुटेका छन् । हंगेरीको वीज एयर, हङकङको क्याथे प्यासिफिक, थाइल्यान्डको थाइ एयर एसिया र भारतको गो-एयर नेपाल आउने तयारी गरेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल चारवटा वायुसेवा कम्पनी उडानको तयारीमा जुटेका छन् भने गो-एयरबाहेक तीनवटाले प्राधिकरणबाट उडान स्लट समेत लिइसकेका छन् ।

कोरोना महामारीपछि नेपालमा उडान सुरू गर्न धेरै वायुसेवा कम्पनीहरूले चासो देखाइरहेका छन् ।

प्रतिक्रिया