बुधबार, वैशाख १२, २०८१

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

नेपालखोज २०७९ साउन २५ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार १ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया