मंगलबार, जेठ १, २०८१

रिलायन्स इन्स्योरेन्सको बजार अगाडि बढाउने सम्बन्धमा छलफल

नेपालखोज २०७९ साउन २५ गते १४:२२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफनो वार्षीक कार्यक्रम अन्र्तगत आयोजना हुने वार्षीक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक,शाखा प्रबन्धक सहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमकोबीचमा सम्पन्न भएको हो ।

सम्मेलन विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, बिभिन्न जिल्लाबाट आएका शाखा प्रमुख , क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बिमाको दायरालाई फराकिलो बनाउदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्र्तक्रिया भएको थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्सको देशभर रहेका १२४ शाखा र केन्द्रिय कार्यालयबाट चितवनमा जम्मा प्रतिनिधिहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतराकेश पोखरेलले स्वागत गर्दै कम्पनीको लागि उच्च व्यवसायिक बिचार र लक्ष्य बोकेर एकै उदेश्यका लागि हामी यहाँ एकै ठाउँमा भेला भई आगामी वर्षको योजनामा गहन छलफल र सझाव कम्पनीको आगामी व्ययसायिक रणनीतिको लागि एक कोषेढुंगा हुने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र बिगत वर्षको व्यवसायिक समीक्षा गरेका थिए ।

दुइदिनसम्म संचालन भएको वार्षिक राष्ट्रिय सम्मेलनमा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै विभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत सम्मान गरिएको थियो र कार्यक्रमको अन्तिम दिन कम्पनीका रिलायन्स साथीहरुलाई व्यवसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो । रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य कार्य गदै देशभर जीवनबिमा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया