बिहीबार, वैशाख १३, २०८१

१९ अंकले नेप्से घट्दा १ अर्ब ७६ करोडको कारोबार, सबैभन्दा धेरै शिवम् किनबेच

नेपालखोज २०७९ साउन २६ गते १५:४२

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव ९७ अंकले घटेको नेप्से साताको पाँचौं कारोबार दिन आज (बिहीबार) पुनः १९ दशमलव ६ अंकले घटेर दुई हजार ३७ दशमलव ८३ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौ अंकले घटेर तीन सय ९१ दशमलव ६६ अंकमा झरेको छ ।

दुई सय २३ कम्पनीको ३६ हजार दुई सय ६४ पटकको कारोबारमा ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसकारण कुल कारोबार रकम एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव नौ अंकले घटेर १३ सय ४८ दशमलव १६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ५९ अंकले घटेर तीन हजार ६ सय २३ दशमलव ७६ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ३१ दशमलव ६१ अंकले घटेर दुई हजार चार सय ३० दशमलव १७ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक ७० दशमलव ६२ अंकले घटेर आठ हजार एक सय दुई दशमलव १० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ६७ दशमलव ८२ अंकले घटेर नौ हजार ६ सय दुई दशमलव ९२ अंकमा झरेको छ । यस्तै विकास बैंक, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा बिहीबार हिमालयन हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर तीन सय ३३ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव २३ प्रतिशतले घटेर १८ हजार नौ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी बिहीबार शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ३३ रुपैयाँ अन्तिम मूल्यमा सात करोड २७ लाख ९४ हजार सात सय ३७ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज (बिहीबार) भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया