मंगलबार, वैशाख ११, २०८१

बैंकिङ कसुर मुद्दामा फरार छत्रबहादुर पक्राउ

नेपालखोज २०७९ साउन २६ गते १७:१०

काठमाडौं । बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी छत्रबहादुर रोक्का क्षेत्री पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनले काठमाडौंको महानगरपालिका वडा ३ बसुन्धारा बस्दै आएका क्षेत्रीलाई पक्राउ गरिएको हो ।

जग्गा पास गरिदिन्छु भनि बैना रकम बुझिलिई जग्गा पास गर्न नसकेपछि आफ्नो बैना वापतको रकम फिर्ता गर्न ४० लाख रुपैयाँ मात्रको चेक दिएकोमा पर्याप्त रकम नभई चेक बाउन्स भएको बैंकिङ कसुर सम्वन्धी मुद्दामा फरार रहेका ५२ वर्षीय क्षेत्रीलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बिहिबार अन्दाजी सात बजेको समयमा बसुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रलाई बैंकिङ कसुर मुद्धामा आवस्यक कारवाहीको लागि प्रहरी बृत नयाँ बानेश्वर पठाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया