शुक्रबार, चैत १६, २०८०

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा पूर्वसुरक्षाकर्मी परिषद्को आपत्ति

नेपालखोज २०७९ साउन २६ गते १९:०४

काठमाडौं, २६ साउन । पूर्व सुरक्षाकर्मी परिषद्, नेपालले हालै संसद्मा पेस गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग–२०७१ र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धि कानुनलाई संशोधन गर्न बनेको विद्येयकमा आपत्ति जनाएको छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदले विधेयकको मस्यौदामा तत्कालिन अवस्थामा राज्यद्धारा कानुनसमेत बनाई परिचालन गरेको सुरक्षाकर्मीहरुलाई पीडक करार गर्ने र विद्रोही पक्षलाई मात्र चोख्याउने काम गरिएको भन्दै आपत्ति जनाएका हुन् । परिषद्ले पीडक करार गर्ने र विद्रोही पक्षलाई मात्र चोख्याउने सम्मान र पुरस्कृत गर्ने गरी ल्याइएको बताएको छ ।

पत्रकार सम्मेलनमा नेपाल प्रहरीका पुर्व डीआईजी विजयराज भट्ट, पुर्व सुरक्षाकर्मी परिषद नेपालका अध्यक्ष कोमल बहादुर राउत, अमर प्रहरी परिवारको तर्फबाट एकमायाँ विक, घाइते अशक्त भुपु संघको तर्फबाट अध्यक्ष हिरामणी अधिकारी, हालै भइरहेको आन्दोलनको संघर्ष समितिका अध्यक्ष शेरबहादुर बस्नेत, सैनिक एकल महिला घाइते परिवारकी शोभा विसी, सैनिक एकल महिला परिवारकी अध्यक्ष रीता कार्की, द्धन्द्धकालका घाइते हरी सुनुवारलगायतले विद्येयक गलत मनशायले ल्याईएको भन्दै सच्याउन माग गरेका थिए ।

उक्त कार्यक्रममा अमर सशस्त्र प्रहरी परिवार संघको सचिव ममता नडाल र द्वन्द्व पीडित परिवार संघको केन्द्रीय अध्यक्ष हेमकुमारी घर्ती पुर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रीय पदाधिकारकीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया