बिहीबार, चैत १५, २०८०

शनिको दशा ठीक गर्ने उपाय

नेपालखोज २०७९ साउन २८ गते ५:००

सूर्य पुत्र शनिलाई न्यायको देवता तथा कर्म फलदाता मानिन्छ । शनिको काम प्रकृतिमा सन्तुलन कायम राख्नु हो । ज्योतिष शाश्त्र अनुसार जसको कुण्डलिमा शनि मजबुत स्थितिमा विराजमान हुन्छन उनिहरुले सबै प्रकारका सुख प्राप्त गर्छन् । यसैगरी जसको कुण्डलिमा शनि पीडित हुन्छन उनिहरुले अनेक किसिमका कष्टको सामना गर्नुपर्छ । शनिको साढ़े सात वा अढैय्या बाट पिडितहरुले शनिवारका दिन यी उपाय अपनाउन सक्छन् ।

ज्‍योतिषाचार्यहरु भन्छन्- शनि सन्तुलन र न्यायको ग्रह हो । शनि देवले गलत र बेईमानहरुलाई पीडित गर्छन् भने ईमान्दार तथा परिश्रमीहरुलाई पुरस्कृत गर्छन् । शनिलाई सीमाको ग्रह पनि भनिन्छ किनभने जहाँ सूर्यको प्रभाव समाप्त हुन्छ त्यहीँबाट शनिको प्रभाव शुरू हुन्छ ।

ज्‍योतिषाचार्यहरुका अनुसार समस्त ग्रहमा सबैभन्दा शक्तिशाली दृष्टि शनि कै हुन्छ । शनि सँग सातौंका अतिरिक्त तेस्रो र दसौं दृष्टि पनि हुन्छ । यो दृष्टि जुन ग्रह, भाव वा व्यक्तिमा पर्छ उसको नाश हुन्छ । शनिको दृष्टिले अलग-अलग ग्रहमा अलग-अलग दुष्परिणाम उत्पन्न गर्छ ।

शनिको कृपा प्राप्त गर्न ज्योतिष शाश्त्रमा केहि सरल उपाय बताइएको छ जसको पालन गरेर शनिको बक्र दृष्टि बाट जोगिन सकिन्छ ।


केही उपाय

-कहिल्यै शनिको आँखा नभएको मूर्तिको दर्शन गर्नु हुँदैन ।
-प्रत्येक शनिबार रातो पहिरन धारण गरेर हनुमानजीको पूजा गरे शनिदेव शान्त रहन्छन् ।
-हनुमान चालीसा पाठ गर्न सकिन्छ ।
-प्रत्येक साँझ पश्चिम दिशामा दियो बालेर शनि देवको मन्त्र जाप गरौं ।
-घरमा आफूभन्दा साना तथा नोकरचाकरहरुसँग सकारात्मक व्यवहार गरौं ।
-नीलो रंगको प्रयोग बढी भन्दा बढी गरौं ।
-इमानदार बनौं, सत्य बोलौं र ठूलाबडा लाई सम्मान दिउँ ।
-तुलसी तथा पीपलको बोटमा जल चढाऔं ।
-शनिबार साँझ चोक वा पीपलको बोटमुनि तोरीको तेलको दियो बालौं ।
-कहिल्यै हरियो रुख नकाटौं ।
-सूर्योदय पूर्व उठेर शिवजीको उपासना गरौं ।
-शनि देवको मूल मन्त्र ‘ॐ शं शनैश्चराय नमः’ को जाप गरौं ।

प्रतिक्रिया