शुक्रबार, वैशाख ७, २०८१

चौबीस घण्टामा २६३ संक्रमित, २ जनाको मृत्यु

नेपालखोज २०७९ साउन २८ गते १५:४६

’काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर २६३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार १ सय ६५ जनाको नमुना परीक्षण गर्दा २६३ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जनामा र १ हजार ७६६ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५०१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ४३४ पुगेको छ ।

प्रतिक्रिया