शनिबार, वैशाख १५, २०८१

साताको पहिलो कारोबार दिनमै झन्डै २८ अंकले नेप्से घट्दा १ अर्ब ८७ करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन २९ गते १५:३८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज २७ दशमलव ९२ अंकले घटेर दुई हजार १० दशमलव एक अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७३ अंकले घटेर तीन सय ८६ दशमलव ९४ अंकमा झरेको छ ।

दुई सय २७ कम्पनीको ३८ हजार चार सय १८ पटकको कारोबारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सबै समूहहरूको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ९६ अंकले घटेर १३ सय ३९ दशमलव २७ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४७ दशमलव ४७ अंकले घटेर तीन हजार पाँच सय ७७ दशमलव ९६ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक ४६ दशमलव ३८ अंकले घटेर २३ सय ८३ दशमलव ६१ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ५३ दशमलव ७४ अंकले घटेर आठ हजार ५५ दशमलव २० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक दुई सय ३३ दशमलव ६८ अंकले घटेर नौ हजार तीन सय ६९ दशमलव २४ अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज अपरहेवा खोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १० प्रतिशतले बढेर एक सय ५४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दशमलव नौ प्रतिशतले घटेर एक हजार ७४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिस्ट्रिलरी प्रालिको प्रतिकित्ता तीन हजार पाँच सय २६ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ५३ लाख ९६ हजार पाँच सय १४ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया