बिहीबार, जेठ ३, २०८१

युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा, बिक्रीदर १३१ रुपैयाँ ०८ पैसा

नेपालखोज २०७९ साउन ३० गते ८:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०८ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ २७ पैसा र बिक्रीदर १५५ रुपैयाँ शून्य पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ८६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया